फोरेस्टमा एन्थोनी



लन्डन, (एजेन्सी) । नटिगम फोरेस्टले स्विडेनका फरवार्ड एन्थोनी इलान्गालाई अनुबन्ध गरेको छ । म्यानचेस्टर युनाइटेडबाट फोरेस्टले एन्थोनीलाई ५ वर्षको लागि सम्झौता गरेको हो । २१ वर्षीयलाई फोरेस्टले १५ मिलियन पाउन्ड तिरेको पनि जनायो ।

एन्थोनी १२ वर्षको उमेरदेखि युनाइटेडमा थिए । उनले युनाइटेडका लागि ५५ खेलमा सहभागिता जनाएका थिए । उनले युनाइटेडका लागि ४ गोल गरेका थिए । फरेस्ट राम्रो भएको भन्दै उनले बताए–यो ठूलो कदम हो, साथै म सिटी ग्राउन्डमा फरेस्टका समर्थक अगाडि खेल्न प्रतिक्षा गरिरहेको छु । नटिगम फरेस्ट मलाई निश्चित स्थान जस्तो महसुस भएको छ ।

एन्थोनी अमेरिकाको प्रि सिजन यात्रामा युनाइटेडमा रहेका थिए । तर, यसैबेला उनलाई फरेस्टले अनुबन्ध गरेको थियो । उनलाई जर्मनीका क्लबहरु र एभर्टनबाट पनि चासो दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्