अमेरिका पठाउने भनी मानव बेचबिखन तथा ओसारपसार आरोपमा एक जना पक्राउ

0
Shares

काठमाडौँ।

अमेरिका पठाउने भन्दै मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं-८ गुह्रेश्वरी पञ्चकन्या मार्गमा बस्ने ३४ वर्षीय कमल तामाङ रहेका छन्। उनले दुई करोड २६ लाख २३ हजार रुपैयाँ ठगी गरेको देखिएको छ ।

सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ, लालच र भ्रममा पारेर अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने आश्वासन देखाएर धेरै जना नेपालीलाई अन्यत्र देशमा लगेर अलपत्र पार्ने, बन्धक बनाई यातना दिने र फिरौती लिने जस्ता आपराधिक कार्य गर्ने गरेको आरोपमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको हो।

उनले नेपालबाट अमेरिका लैजाने भनि भारतको नयाँदिल्ली, श्रीलंका, दुबई,सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरूमा पुर्‍याई अलपत्र पारी थप रकम माग गर्ने गरेको खुलेको छ ।

काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको अनुसन्धान ब्यूरोले जनाएको छ।