डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न गृहमा सिफारिस



काठमाडौँ।

प्रहरी प्रधान कार्यालयले सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका पूर्वप्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।

आन्तरिक छानबिनमा डीएसपी केसीले गम्भीर आचरण उल्लंघन गरेको पाइएपछि उनलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

बुटवलस्थित डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, साढे ८ लाख रुपैयाँ नगद लगायत बरामद गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न सिफारिस गरेपनि यसबारे गृह मन्त्रालयले कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्