३० लाख भन्दा बढीको  काठसहित दुई ट्याक्टर प्रहरीको नियन्त्रणमा 

0
Shares

      झापा।

 जिल्लाको मेचीनगर नगरपालिका १ कृष्णथुम्कि इलाकाबाट शुक्रवार राति सशस्त्र प्रहरीले ३० लाख ८३ हजार ८ सय ५० रुपैयाँ बराबरको सालको गोलिया काठसहित दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

   विशेष सूचनाको आधारमा  २ नम्बर गण झापाले मे १ त ७२०० र मे १ त ५३४५ नम्बरको काठसहितको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

   ट्क्याटरमा राखेर अवैध रुपले लैजाँदै गरेको २ सय ९६.७७ क्यूफिट, १ सय ६ वटा काँचो गोलिया काठ नियन्त्रणमा लिइएको हो । काठ ल्याउने व्यक्तिहरु सशस्त्र प्रहरीलाई देख्नासाथै ट्याक्टर र काठ छाडेर भागेका थिए ।

        बरामद काठ र दुई वटै ट्याक्टर डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाइएको प्रहरीले जनाएको छ। चोरीपैठारीको लत्ताकपडा बरामद रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ सेमरपानी इलाकाबाट आइतबार  सशस्त्र प्रहरीले करिब १ लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।

  भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा  प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।