प्रेम र वियोगमा कसरी भुल्नु तिमीलाई



लोकप्रिय गायक शिव परियारको स्वर, सत्यकला लामाको शब्द रचना र सीडी विजय अधिकारीको संगीतमा कसरी भुल्नु तिमीलाई बोलको गीत सार्वजनिक भएको छ। गीतमा उर्गेन दोङको एरेन्जमेन्ट रहेको छ।

एएमएस इन्टरटेनमेन्टको ब्यानरमा निर्मित गीतको भिडियोमा नयन सिंह, याङी दोङ, कुमार कार्की र लिलम थापा फिचर्ड छन् । गीत प्रेम र वियोग थिममा आधारित छ।

विक्रम चौहानद्वारा निर्देशित भिडियोमा नरेश ऐरको छायांकन र लक्ष्मण चौहानको सम्पादन रहेको छ। कुमार कार्कीको निर्माणमा बनेको भिडियो एएमएस इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्