ब्याडमिन्टनमा सात्विकको विश्व कीर्तिमान



नयाँ दिल्ली, एजेन्सी । भारतीय ब्याडमिन्टन खेलाडी सात्विक साइराज रंकीरेड्डीले ब्याडमिन्टनमा विश्व कीर्तिमान बनाएका छन् ।

सात्विकले ब्याडमिन्टनको इतिहासमा सर्वाधिक फास्ट सट लगाएउँदै विश्व कीर्तिमान कायम गरेका हुन । सात्विकको यो विश्व कीर्तिमानसंगै उनको गिनिज बुक अफ वल्र्ड रेकडर््समा समेत आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।

सात्विकले ५ सय ६५ किमी प्रतिघण्टाको रफ्तारमा इस्म्याश गरेका थिए । यो अहिलेसम्म ब्याडमिन्टनतर्फ पुरुष खेलाडीले प्रहार गरेको सवैभन्दा फास्ट इस्म्याश हो ।

सात्विकभन्दा अघि सन् २०१३ मा मलेसियाका खेलाडी टेन बुन हियाङ्गले ४ सय ९३ किमी प्रतिघण्टाको स्पिडमा इस्म्याश गरेर विश्व कीर्तिमान बनाएका थिए । सात्विकले टेनले १० बर्ष अघि बनाएको रेकर्ड तोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्