प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लिडर्स–मिट कार्यक्रम

282
Shares

म्याग्दी ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागलुङमा लिडर्स–मिट कार्यक्रम सम्पन्न भएको छ । गएको असार २९ गते महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ गाभिएर प्रभु महालक्ष्मी लाइफ बनेपछि इन्स्योरेन्सको पहिलो पटक हिजो (बुधवार) बागलुङ बजारमा कार्यक्रम गरिएको हो ।

बागलुङमा देश भरीबाट इन्स्योरेन्सका एजेन्सी लिडर्सहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जनाएको छ । बागलुङ, बेनी, पर्वत, गल्कोट र बुर्तिबाङ क्षेत्रका करिब ७० जना एजेन्सी लिडर्सहरुलाई लक्षित गरेर उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा कम्पनी गाभिनुपर्ने आवश्यकता, गाभिएपछि कम्पनीको आकार, नयाँ योजना र भावी रणनीतिको विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा लिमिटेडका नायव कार्यकारी अधिकृत (डिसिईओ) कमल पन्थीले सहजीकरण गर्नुभएको थियो भने अभिकर्ता उत्प्रेरणा, नयाँ एजेन्सी सिस्टम फरकपन रहेका केही बिमा योजनाहरुको बारेमा कम्पनीको कर्पोरेट बिजनेस हेड प्रभात सिवाकोटीले सहजीकरण गर्नुभएको थियो । सोही कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रबाट ९ जना उत्कृष्ट व्यवसाय दिने एजेन्सी म्यानेजरहरूलाई विशेष रुपमा सम्मान गरिएको थियो भने उपस्थित सबै एजेन्सी म्यानेजरहरूलाई पनि टिका र पुष्प गुच्छाले सम्मान गरिएको जनाइएको छ ।

उक्त भेटघाट, अन्तत्र्रिmया तथा छलफल कार्यक्रम लिमिटेडका नायव कार्यकारी अधिकृत (डिसिईओ) पन्थीको अध्यक्षता, कर्पोरेट बिजनेस हेड शिवाकोटीको प्रमुख आतिथ्य, धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यको सञ्चालन र गल्कोट कार्यालय प्रमुख मिनबहादुर रोकाको स्वागतमा सम्पन्न भएको थियो । यो इन्स्योरेन्स लिमिटेड तत्कालै एफपिओमार्फत पाँच अर्बभन्दा बढी पुँजीको हुँदै छ ।