यू–१६ विजेता भट्ट लाई ५० हजार दिइने



बैतडी । मेलौली नगरपालिकाले यू–१६ को उपाधि विजेता खेलाडी नरेन भट्टलाई सम्मान गरेको छ । केहि दिन पहिले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको थियो । मगंलबार एक कार्यक्रमका बिच भट्टलाई नगरपालिकाले दोसल्ला,

सम्मानपत्रसहित सम्मान गरेको नगर–प्रमुख भिम बहादुर चन्दले बताउनुभयो । यस्तै नगरपालिकाले भट्टलाई प्रोत्साहन स्वरुप ५० हजार दिने निर्णय गरेको नगर प्रमुख चन्दले बताउनुभयो ।

ओपनर ब्याटर नरेन मेलौली नगरपालिका–०७ काँडाका हुन् । भट्टले मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । एसिसी यू १६ मा ब्याटर भट्टले मलेसिया संगको फाइनल खेलमा ८९ बलमा १० चौका र २ छक्का सहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए ।

भट्टले आफ्नो क्षमता र खेल कौशलता मार्फत नगरपालिकाको र देशकै शिर उच्च पारेको नगर प्रमुख चन्दले बताउनुभयो । भट्टको आगामी खेलकुद यात्रा अझ सफल बनोस भनेर नगर उप–प्रमुख पार्वती बोहरा विष्टले शुभकामना ब्यक्त गर्नुभयो ।

नगरपालिकाले गरेको सम्मानपछि खुसी ब्यक्त गर्दै खेलाडी भट्ट आगामी दिनमा पनि क्रिकेटमा लागिरहन प्रेरणा मिलेको र आफ्नो मेहनत जारी राख्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्