जोकोभिचलाई जरिवाना



लन्डन, (एजेन्सी) । विम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा नियम उल्लंघन गरेका सर्बियाली टेनिस स्टार नोभाक जोकोभिचलाई जरिवाना लगाईएको छ ।

बिम्वल्डन २०२३ को उपाधि भिडन्तका क्रममा स्पेनका कार्लोस अल्काराजसंग पराजित भएपछि जोकोभिचले आवेशमा आएर कोर्टमै टेनिस ¥याकेट भाँचेका थिए । स्टार खेलाडीले यस्तो ब्यवहार गरेका कारण जोकोभिचलाई ६ हजार १ सय १७ पाउण्ड जरिवाना तोकिएको हो । पाँचौं तथा निर्णायक सेटमा जोकोभिचले अल्काराजको सर्भिस ब्रेक गर्न असफल हुँदै आफ्नो सर्भिस पनि हारेपछि त्यस्तो हर्कत गरेका थिए । आफ्नो सर्भिस हारेपछि जोकोभिचले नेट पोलको नजिक गएर टेनिस ¥यारेट जोरसंग भूईँमा हान्दै आफ्नो रिस पोखेका थिए ।

त्यसपछि अम्पायर फर्गस मर्फीले तुरुन्तै जोकोभिचलाई उनले ¥याकेट–स्मेसिङ उल्लंघनको कोड उल्लंघनको लागि चेतावनी दिएका थिए । त्यसपछि सो नियम अनुसार जोकोभिचलाई आयोजकले ६ हजार १ सय १७ पाउण्डको जरिवाना गरेको हो । त्यसपछि जोकोभिचको सोही सर्भिसको फाइदा उठाउँदै अल्काराजले पहिलो पटक बिम्बल्डनको उपाधि जित्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्