अमेरिकाको कडा चुनौती इंग्ल्यान्ड



लन्डन, (एजेन्सी) । अमेरिकाले अघिल्ला दुई फिफा महिला विश्वकप जितेको छ । उनीहरु अब बिहीबारदेखि शुरु हुने विश्वकप जितेर ह्याट्रिक गर्ने धेरै सम्भावना रहेको बीबीसी पण्डितहरुको भनाइ रहेको छ । यसपटकको महिला विश्वकप अस्टे«लिया र न्युजिल्यान्डले संयुक्तरुपमा आयोजना गर्दैछन् ।

ग्रेसनोटको भविष्यवाणीअनुसार अमेरिका विश्वकपको उपाधि विजेता हुन सक्ने संभावनामा सबैभन्दा अगाडि छ । गे्रसेनोटले फिफा महिला विश्वकपबाट लिएको तथ्यहरुको आधारमा यो भविष्यवाणी गरेको जनाएको छ । २०१५ र २०१९ मा जस्तै अमेरिकाले उपाधि जित्नेछ ।

अमेरिकालाई कडा चुनौती दिनेमा इंग्ल्यान्डको टोली मात्रै हुनसक्ने ग्रेसनोटले भविष्यवाणी गरेको छ । विश्वकपमा समूह डी मा रहेको इंग्ल्यान्ड युरोपियन महिला च्याम्पियन पनि हो । यही कारणले गर्दा अमेरिकालाई दरो चुनौती दिनेमा इंग्ल्यान्ड रहेको छ ।

ग्रेसनोटको अनुसार इंग्ल्यान्डले अन्तिम १६ मा क्यानडाविरुद्ध खेल्नेछ र यो खेलमा सांघुरो जित निकाल्ने पनि जनाएको छ । जबकी जर्मनीसँग भेट भएमा भने इंग्ल्यान्डको लागि कठिन परीक्षा हुनेछ । जर्मनीले युरो २०२२ फाइनलको बदला लिन कुनै कसर छाड्ने छैन ।

तर, ग्रेसनोटले अमेरिकाले उपाधि जित्ने मौका रहेको बताएपनि १८ प्रतिशत जित्ने संभावना रहेको तथ्य बाहिर निकालेको छ । स्विडेनको लागि ११ प्रतिशत उपाधि जित्ने तथ्यांक गरेको छ । स्विडेनले अमेरिकालाई २०२० को ओलम्पिक महिला फुटबल प्रतियोगितामा ३–० ले हराएको थियो ।

स्विडेन र अमेरिका अन्तिम १६ मा भेट हुने सम्भावना रहेको छ । यदि यहाँ भेट नभएमा सेमिफाइनलमा भेट हुने पनि संभावना प्रबल छ । यदि स्विडेनले २०२० को ओलम्पिकको नतिजा दोहो¥याएमा भने दुई पटकको विश्व विजेता बाहिरिन बेर लाग्दैन ।

एक पटकको विजेता जर्मनीको लागि पनि ११ प्रतिशतकै उपाधि जित्ने संभावना आंकलन गरिएको छ । जर्मनीले युरोकपमा राम्रो खेले पनि विश्वकपमा भने कमजोर देखिरहेको छ । फ्रान्सको लागि ९ प्रतिशत उपाधि जित्ने संभावना तथ्य निकालिएको छ । तर युरो विजेता टोली इंग्ल्यान्डको लागि भने ८ प्रतिशत उपाधि जित्ने संभावना जिकिर गरिएको छ ।

स्पेनको लागि पनि ८ प्रतिशत नै सभावना गरेको छ भने सहआयोजक अस्टे«लियालाई पनि ८ प्रतिशत उपाधि जित्ने संभावनामा राखेको छ । ब्राजिललाई ७ प्रतिशत विश्वकप जित्ने संभावना रहेको बताइएको भने क्यानडालाई ६ प्रतिशत रहेको छ ।

ठूलो जित संभावना

महिला विश्वकपमा पनि पुरुष विश्वकपमा जस्तै ३२ टोलीको संख्यामा पहिलो पटक खेलाउन गइरहेको छ । २०१९ विश्वकपमा २४ टोली थियो भने यसपटक नयाँ ८ टोलीले खेल्न पाएका छन् । यसमा हाइटी, पानामा, भियतनाम, पोर्चुगल, गणतन्त्र आयरल्यान्ड, फिलिपिन्स, जाम्बिया र मोरोक्कोले विश्वकपमा डेब्यु गर्नेछन् ।

यसमा उच्चतम वरियता र न्युनतम वरियताबीचको खाडलले गर्दा ठूलो स्कोरको नतिजा पनि निस्कन सक्छ । जस्तै जाम्बिया ७७ औ फिफा वरियताको टोली हो । अमेरिका शीर्ष वरियताको टोली हो । यी दुईबीचको खेलमा त धेरै गोल निस्कन सक्ने अनुमान लगाउन सकिन्छ । हालको लागि फिफा विश्वकपको पुरुष र महिलाको इतिहासमा अमेरिकाले थाइल्यान्डलाई १३–० गोलअन्तरले हराएको कीर्तिमान रहेको छ । यो २०१९ विश्वकपमा निर्धारित भएको कीर्तिमान हो ।

पुरस्कार राशि

फिफाले सबै सहभागि टोलीको लागि पुरस्कार दिने घोषणा गरेको छ । यस प्रतियोगिताको कूल पुरस्कार राशि १ सय १० मिलियन डलर रहेको छ । यो पछिल्लो विश्वकप २०१९ को भन्दा ८० मिलियन डलर बढी हो । यसपटक फिफाले प्रत्यक्षरुपमा खेलाडी र फुटबल संघलाई पुरस्कार रकम दिने पनि निर्णय गरेको छ ।

महिला विश्वकपको पहिलो पुरस्कार राशि

महिला विश्वकपका केही तथ्य

—यो महिला विश्वकपको नवौं संस्करण हो ।
—दक्षिणी गोलाद्र्धमा हुने पहिलो विश्वकप हो ।
—ओप्टाअनुसार दुई सहआयोजकको भेन्यु दुरी ५,३७० किमी रहेको छ । (पर्थदेखि हेमिल्टनसम्मको दुरी )
—न्युजिल्यान्डले जितेमा विश्वकपमा १५ खेलमा जित्न नसकेको कीर्तिमान तोडिनेछ ।
—अमेरिकाले लगातार १२ खेल जितेको छ । यदि कुनै टोलीले हराएमा उनीहरुको यो कीर्तिमान भंग हुनेछ ।
—जर्मनी र अमेरिकाले हरेक विश्वकपको नकआउट चरण पुगेको कीर्तिमान राखेका छन् । यदि यसमा समूह चरणबाट बाहिरिएमा यो एउटा पनि कीर्तिमान बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्