जिल्ला अदालतले मुद्दा फछर्याैटको लक्ष्य कटायो 

0
Shares

काभ्रे ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले आर्थिक वर्षको अन्त्यसम्ममा मुद्दा फछर्याैटको लक्ष्य भेट्टाएको छ । २ हजार ३ सय १३ वटा मुद्दा फछर्याैट गर्ने लक्ष्य लिएकोमा २ हजार ३ सय १४ वटा मुद्दा फछर्याैट भएको छ।

‘बार्षिक लक्ष्यमा दर्ताको संख्या ३ सय ४७ थान थप र फछर्याैटमा एक थान थप अथार्त शत प्रतिशत पुरा भएको छ’– जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले भन्नुभयो–‘नयाँ दर्ता अनुमान १६ सय ३७ थान गरेकोमा १९ सय ८७ थान भए । २३ सय १३ थान फछ्र्याैट गर्ने लक्ष्य लिएकोमा २३ सय १४ थान फछर्याैट भए ।’ जिम्मेवारी सरेका १५ सय ५५ थान र नयाँ दर्ता १९ सय ८७ गरी कुल ३५ सय ४२ थान मुद्दाको लगत कायम भएको छ । जिल्ला अदालतले आर्थिक वर्षको अन्त्यसम्ममा ३१ सय ९२ थान मुद्दा अनुमान गरेको थियो । लक्ष्य भन्दा धेरै दर्ता र फछर्याैटमा शत प्रतिशत पुरा गरेको जिल्ला अदालतमा चालु वर्षका लागि १ हजार २ सय २८ थान मुद्दाको जिम्मेवारी सरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा जिम्मेवारी सरेको ३ सय २७ थान कम हो । कुल मुद्दाका आधारमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले ६५.२४ प्रतिशत मुद्दा फछर्याैट गरेको श्रेस्तेदार घिमिरेले बताउनु भयो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मध्ये ८४.८८ प्रतिशत मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएकाबाट ५४.७४ प्रतिशत फैसला भएका छन् । अदालतमा ४ वर्ष नाघेका मुद्दाको संख्या ३ वटा छन् । ३ देखि ४ वर्ष भित्रका ६ वटा र २ देखि ३ वर्ष भित्रका २ वटा गरी ११ थान मुद्दा पुराना छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा तीन वटा इजलास छन् । इजलास नम्बर १ मा मोहनराज भट्टराई हुनुहुन्छ । उक्त इजलासले ७ सय ७८ वटा मुद्दा फछर्याैट गर्ने लक्ष्य राखेकोमा ८ सय ८१ वटा फछर्याैट गरेको छ । प्रतिशतका आधारमा ११३.११ हो । मुख्या जिल्ला न्यायाधीश समेत रहनु भएका भट्टराई २०७९ मा सम्पन्न निर्वाचनको मुख्य निर्वाचन अधिकृत हुनुहुन्थ्यो । निर्वाचनमा समेत सहभागि हुन भएका न्यायाधीश भट्टराईको इजलासबाट लक्ष्य भन्दा धेरै फछर्याैट भएको छ । इजलास नम्बर २ मा राजेन्द्र नेपाल न्यायाधीश हुनुहुन्छ ।

उक्त इजलासले ७ सय ६८ वटा लक्ष्य लिएकोमा ६ सय ४९ वटा मुद्दा फछर्याैट गरी ८४.५० प्रतिशत सफलता प्राप्त गरेको छ । इजलास नम्बर ३ मा रिताकुमारी बख्रेल न्यायाधीश हुनुहुन्छ । उक्त इजलासले ७ सय ६७ वटा लक्ष्य लिएकोमा ७ सय ७७ वटा फछ्र्याैट गरी १०१.१७ प्रतिशत सफलता प्राप्त गरेको छ । यस अघि उक्त आर्थिक वर्षमा महेन्द्रराज काफ्ले न्यायाधीशले ७ वटा लक्ष्य लिएकोमा शतप्रतिशत पुरा गरी ७ वटा मुद्दाको फछर्याैट गर्नु भएको थियो । तथ्याङ्कका आधारमा ६ महिना भित्रका ५ सय ३६, एक वर्ष अवधिका ४ सय ५६, डेड वर्ष अवधिका ३ सय १६, दुई वर्ष अवधिका ५ सय २२ गरी २३ सय १४ थान मुद्दा फैसला भएका हुन् । फाँटगत लगत, फछर्याैट र बाँकी मुद्दाको अवस्थाका बारेमा जानकारी दिदै श्रेस्तेदार गोविन्द घिमिरेले भन्नुभयो–‘फाँट नम्बर एकले १ हजार ५७ लगतमा ७ सय २० वटा फछ्र्याैट गरी ३ सय ३७ बाँकी राखेको छ । फाँट नम्बर दुईले १ हजार १ लगतमा ५ सय ९९ वटा फछर्याैट गरी ४ सय २ वटा बाँकी राखेको छ । फाँट नम्बर तीनले १ हजार ५० लगतमा ६ सय ५२ फछर्याैट गरी ३ सय ९८ वटा बाँकी राखेको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले चालु वर्षको अन्त्यसम्ममा ६ हजार ३ सय ९ वटा म्याद तामेल गर्नु पर्नेमा ६ हजार २ सय ७५ वटा म्याद तामेल गरेको छ । जसमध्ये ४ हजार २ सय ८२ वटा म्याद जिल्ला अदालतका र २ हजार २७ वटा म्याद अन्यत्र अदालतका हुन् । फैसला कार्यान्वयन लक्ष्यको तुलनामा ९४.९० प्रतिशत पुरा भएको छ । ५ लाख ७२ हजार क्षतिपूर्ति रकम फछर्याैट गरी १ करोड ६६ लाख ४८ हजार ९ सय ४१ रुपैयाँ क्षतिपूर्ति भराउन बाँकी छ । ६८ करोड ९ लाख जरिवाना असुल गर्न बाँकी छ । ३ करोड ९९ लाख असुल भएको छ ।

गत आर्थिक वर्षको मात्रै ४ करोड जरिवाना तोकिएको थियो । २१ सय ७० वर्ष ८ महिना कैद मध्ये ८ सय ७६ वर्षको कैद असुल भएको छ । १२ सय ९४ वर्ष ८ महिना कैद असुल गर्न बाँकी छ ।