यस्तो छ आज आइतबारको राशिफल



मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विस्तारै वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण कामको योजना र पुनस् थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रमणीय र सुखद् जीवन र यात्राको योजना बन्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोबारमा सफलता पनि पाइएला ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको परिश्रमबाट पछि फाइदा मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कृषिको कारोबारबाट सफलता मिल्नेछ ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्यमा समस्या आउनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गरेका काम अधुरै रहला । मालसामान हराउन सक्छ । चोटपटकको भय छ, सचेत रहनुहोला, तर सहकर्मीबाट सहयोग मिल्नेछ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफन्त तथा अग्रजहरूसँग विवाद बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च पनि बढेर जानेछ ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नजिकैको व्यक्तिसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा विस्तारै सुधार आउनेछ ।

प्रतिक्रिया दिनुहोस्