भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या आएपछि काठमाडौं फर्काइयो

0
Shares

काठमाडौँ।

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन-एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै काठमाडौँ फर्काइएको हो ।

त्रिभुवन विमानस्थलका अनुसार १ बजेर ५३ मिनेटमा उडेको जहाज १५ माइल उडेपछि ‘इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको हो । कुन किसिमको समस्या हो भन्नेबारे प्राविधिकहरुले अध्ययन गरिरहेको जनाइएको छ।

फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको बताइएको छ।