काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उक्त सभाको बैठक बस्नेछ ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा आर्थिक विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने आर्थिक विधेयक २०८० पारित गरिनेछ ।
उता, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि दफाबार छलफल हुने भएको छ भने त्यसपछि सो विधेयकलाई पारित गर्ने कार्यसूची रहेको छ ।
बैठक ११ः१६ बजे बोलाईएको छ ।
प्रतिक्रिया