दासढुङगा नजिकै यात्रुवाहक बस दुर्घटना, चालकसहित १९ जना घाइते

0
Shares

काठमाडौं । दासढुंगा नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ । आज (शुक्रबार बिहान ५ः२० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन् । चितवन भरतपुर महानगरपालिका २९ मुग्लिन नारायणगढ सडक खण्डअन्तर्गत दासढुङगा नजिकै बस दुर्घटना भएको हो ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट झन्डै ९/१० मिटर तल खसी रुखमा अड्कंदा बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएका हुन् ।

घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा भारत सिलगुडी बस्ने ६० वर्षीया कमला सुब्बा, भारतकै सिलगुडी बस्ने ४४ वर्षीया लक्की सुब्बा, मोरङ हरैचा नगरपालिका ३ बस्ने २३ वर्षीय सुसान्त सुब्बा, हरैचा ८ बस्ने ३४ वर्षीया सुनिता लामीछाने, सुनसरी बस्ने ४० वर्षीया संगीता मगर, झापा मेची नगरपालिका ११ बस्ने ३२ वर्षीया सुमीमा राई, भक्तपुर भक्तपुर महानगरपालिका १ बस्ने ३० वर्षीय मिलन तामाङ, ललितपुर गोदावरी नगरपालिका ७ बस्ने २७ वर्षीय सुमन लामा, भोजपुर अरुण गाउँपालिका १ बस्ने २९ वर्षीय नन्दबहादुर पाण्डे, बस्ने १९ वर्षीय लिलाबहादुर पाण्डे छन् । उनीहरू उपचार भइरहेको छ ।

त्यस्तै सहचालक सर्लाही लालबन्दी नगरपालिका १० बस्ने ३६ वर्षीय विक्रम मगर, धादिङ निकण्ठ ७ बस्ने ३६ वर्षीय दिलबहादुर श्रेष्ठ, सुनसरी रक्तमाला नगरपालिका ५ बस्ने २९ वर्षीया मनिका राई, मोरङ हरैचा नगरपालिका ५ बस्ने २५ वर्षीया कल्पना राई, २५ वर्षीया सपना राई, धनकुटा सहिदभूमि गाउँपालिका ४ बस्ने ३८ वर्षीया बिश्वलक्ष्मी राई र उनकी ४ वर्षीया छोरी दीव्या राई, बस चालक मकवानपुर हेटौंडा उपमहानगर पालिका २ बस्ने ३७ वर्षीय बादल कुमार र धादिङ रुबीभ्याली गाउँपाकिला ४ बस्ने ३२ वर्षीय दीपक तामाङ सामान्य घाइते छन् ।