विद्यालयको जमिन अवैध रूपमा उत्खनन गर्ने चार जनाविरुद्ध मुद्दा

0
Shares

काठमाडौं । विद्यालयको जमिन अवैध रूपमा उत्खनन गरेर माटो बिक्री गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले लालझाडी गाउ“पालिका वडा नं. ४ स्थित वैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण रानालाई विपक्षी बनाई मुद्दा दायर गरेको हो ।

माटो किन्ने भगवती इ“टा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथ इ“टा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई पनि आयोगले मुद्दा दायर गरेको छ । उहाँहरूले बहुभाषिक आधारभूत विद्यालय डाङाजाइको हाताभित्र आर्थिक वर्ष २०७६÷०७७ र २०७७÷०७८ मा माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची–६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची–६ ले तोके बमोजिमको करबापतको ७ लाख २९ हजार ५ सय १४ रुपिया“ ५० पैसा सरकारी रकम हिनामिना र हानी नोक्सानी गरेको आयोगले जनाएको छ ।

आयोगले सो रकम बराबर बिगो, जरिवाना र सजायको मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको थियो ।