यस्तो छ आज असार २९ गते शुक्रबारको राशिफल



मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादिष्ट भोजन पाइनेछ । नयाँ ज्ञान, सीप र कार्यको योजना बन्नेछ । वित्तिय संस्था बाट सहयोग पाइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनवास्यक यात्रा हुनसक्छ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । जोशजाँगरमा पनि कमी ल्याउन सक्छ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । पढाइ लेखाइमा उन्नति र प्रगतिको वातावरण बन्नेछ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्लान्, तर साँझमा शुभ समाचार पाइनेछ ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग समेत रहेको छ ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । उपहार र मान सम्मान पनि पाइन सक्छ ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउने र आत्मिक सन्तुष्टि मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्