चट्ट्याङ लागेर एक जनाको मृत्यु

0
Shares

डोटी ।

डोटीमा चट्टयाङ लागेर एक जनाको निधन भएको छ।

बडिकेदार गाउँपालिका–५ दुदिलाका अन्दाजि ६५ वर्षीय हर्कबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार  बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा  चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर बोहरासँगै ६ वटा बाख्रा पनि मरेका छन्। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।