श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा

0
Shares

बाँके।

जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित शर्मा गल्लीबाट आइतबार सशस्त्र प्रहरीले २०लाख नेपाली रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

सोही उपमहानगरपालिकाको जयसपुर बस्ने २० वर्षिय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाईकल चेकजाँच गर्ने क्रममा चालक भने मोटरसाईकलसहित भागेका थिए । मोटरसाईकल पछाडी बसेका कुरेशीले बोकेको सो रकमको श्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका कुरेशीलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।