कानून व्यवसायीको राष्ट्रिय सम्मेलन साउन ५ र ६ गते हुने

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट संघीय कानून व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन हुने भएको छ ।

जसपानिकट कानून व्यवसायीहरुको छाता संगठन उक्त एसोसिएसनमा आवद्ध देशैभरका करिब डेढ सय कानून व्यवसायी राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् ।

सो सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौंको बूढानिलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुन लागेको संघीय कानून व्यवसायी एसोसिएसनका राष्ट्रिय अध्यक्ष अधिवक्ता दिपक राईले जानकारी दिए ।

आगामी महिना साउन ५ गतेदेखि शुरू हुने दुई दिवसीय उक्त सम्मेलनलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्षमा. उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति, आर्थिक समिति, प्रचारप्रसार समिति र जनसम्पर्क समिति गठनसमेत गठन गरेको अध्यक्ष राईले बताए ।

कानून व्यवसायीको यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघअन्तर्गतको मुख्यघटक संगठनको रुपमा सक्रिय छ ।