देउडा गायन प्रतियोगितामा कृष्णमाया प्रथम

0
Shares

मुगु । मुगुमा पहिलोपटक एकल देउडा गायन प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा कर्णाली मावि टोप्लाकी छात्रा कृष्णमाया बिक प्रथम भएकी छन् ।

दुर्गम क्षेत्रभित्र लुकेर रहेका प्रतिभालार्ई बाहिर प्रस्फुटन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक प्रतिभा पहिचानका लागि विद्यालयस्तरिय एकल देउडा गायन प्रतियोगिताको आयोजना गरिएको हो ।

कर्णालीका जिल्लामा गाइने पुराना, लोक संस्कृतिलाई जगेर्ना गर्न र यसलाई उजागर गर्न यो कार्यक्रमको थालनी गरिएको देउडा गायन प्रतियोगिता आयोजक समितिले जनाएको छ ।

सामाजिक विकास कार्यालय मुगुको आयोजनामा एकल देउडा गायन प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पनि लोक संस्कृतिलाई बचाउन, जगेर्ना गर्न महत्वपूर्ण भूमिका रहने भएकोले यो कार्यक्रमको शुरूवात गरिएको आयोजक समितिले बताएको छ ।

त्यस्तै नेपाल राष्ट्रिय मिन माध्यमिक विद्यालय भारेकोटका सुरेन्द्र नेपाली द्वितीय भएका छन् भने कर्णाली मावि टोप्लाका अर्जुन बिक तृतीय भए ।

त्यसैगरी सान्तवना बुद्ध माध्यामिक विद्यालय मांग्रिका छिरिङ्ग पुटिक लामा भएको सामाजिक विकास कार्यालय मुगुका कार्यालय प्रमुख टोपबहादुर बुढाले बताए ।

उनका अनुसार क्रमशः प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ८ हजार तृतीय हुनेलाई ६ हजार र सान्तवना हुनेलाई ४ हजार नगद र प्रमाण–पत्र वितरण गरिएको बुढाले बताए ।

यस्ता कार्यक्रमले जिल्ला मात्र नभई प्रदेश र राष्ट्रियस्तरसम्म प्रतिभा पहिचानमा टेवा पुग्ने प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए ।
एकल देउवा गायन पतियोगितामा जिल्लाका ६ वटा विद्यालयलका छात्रछात्राहरूले भाग लिएका थिए ।