प्रहरी श्रीमती संघद्वारा वृक्षारोपण

0
Shares

नवलपरासी । 

पूर्वी नवलपरासीकाे कावासोती स्थित जिल्ला प्रहरी कार्यालयको खाली जमिनमा मंगलबार वृक्षारोपण गरिएको छ ।
कार्यक्रममा आयोजक नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले आँपको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
वृक्षारोपण कार्यक्रममा संघका पदाधिकारीहरू,प्रजिअ कल्पना श्रेष्ठ,नगर प्रमुख विष्णु प्रसाद भुसाल, जिल्ला स्थित सुरक्षा प्रमुख तथा स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कुँवरले वृक्षारोपण कार्यले मानव जीवनलाई सहज बनाई सम्पूर्ण जैविक विविधता संरक्षणमा टेवा पुराउने हुँदा बृक्षा रोपण गर्नु अति आवश्यक रहेको बताउनु भयो ।

वातावरण संरक्षणमा प्रहरी भन्ने मूल मन्त्रका साथ  सामुदायिक वातावरणीय प्रहरी सेवा (सिइपी) अन्तर्गत गरिएको  वृक्षारोपण कार्यक्रमको संयोजन जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीकाे रहेको थियो ।

आँप, लिची लगायत विभिन्न जातका २ सय २५ फलफूलका बिरुवा राेपिएकाे साे वृक्षारोपण कार्यक्रम नेपाल प्रहरी श्रीमती संघका गण्डकी प्रदेश प्रमुख अनिता गुरूङ्गकाे अध्यक्षता एवं जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद पाैडेलकाे संचालमा सम्पन्न भएको थियो ।