१०५ किलो लागूऔषध गाँजा बरामद

0
Shares

बारा ।

जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा ट्रकबाट अवैध लागुऔषध गाजा बरामद गरेको छ । बरामद गरिएको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार बिहान करिब ७ बजे प्रहरीलाई सो ट्रकमा लागुऔषध गाँजा लुकाई ओसारपसार भइरहेको जानकारी आएको थियो र प्रहरी सो ट्रकको खोजतलास गर्ने क्रममा चालक तथा सहचालक फरार रहेको एक ट्रक पल्टिएको खबर प्राप्त भए पश्चात प्रहरी घटनास्थलमा पुगेको थियो ।

एक सय पाँच किलो अवैध लागु औषध गाँजासहित जीतपुरसिमरा उपमहानगरपालिका २२ पूर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिर नजिक सडकको पूर्व साईडको नालामा ना १ क ३२०५ न.को पल्टिएको ट्रक चोक जाँच गर्दा सामान लोड गर्ने पछाडिको भागमा फल्स डब्बाभित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको हो ।

ट्रकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।