मोटरसाइकल दुर्घटना, एक विद्यार्थीको मृत्यु

0
Shares

बारा । स्नातक तह तेस्रो वर्षको परीक्षा दिएर सिमराबाट घर फर्कंदै गरेका पर्साका एक विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको छ ।

पथलैया–वीरगन्ज व्यापारिक मार्गअन्तर्गत भलुही चोकमा मोटरसाइकल दुर्घटना हुँदा पर्सा बहुदरमाई ९ का करिब २३ वर्षीय विजय शर्माको मृत्यु भएको हो । उनी ठाकुरराम बहुमुखी क्याम्पसका अध्ययनरत छात्र हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरिया १ का करिब २३ वर्षीय अर्जुन सहनी घाइते भएका छन् ।

सहनीको बयोधा अस्पतालमा उपचार भइरहेको छ । स्नातक तह तेस्रो वर्षको परीक्षा सोमबारदेखि सुरु भएको हो ।