११ औँ तहका कर्मचारीलाई नियुक्तिपत्र

0
Shares

हेटौंडा ।

वागमती प्रदेश सरकारले प्रदेशमा प्रदेशकै कर्मचारी राख्ने उद्देश्यसाथ पहिलो पटक ११ औँ तहमा बढुवा भएका कर्मचारीलाई प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले नियुक्ति पत्र दिँदै  पदस्थापन गराउनुभएको छ ।

प्रदेश सरकारले बढुवा गरेको कर्मचारीहरु डा.चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई मुख्यमन्त्री जमरकट्टेलले नियुक्ति पत्र दिनुभएको हो । प्रदेश सरकारको वैशाख ११ गतेको निर्णयअनुसार प्रदेश लोकसेवा आयोगले रिक्त पदहरुमा बढुवा समितिको निर्णयअनुसार योग्यताक्रमका उम्मेदवारलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४३ को प्रयोजनका लागि सूचना प्रकाशन गरेर बढुवामा सिफारिस गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।