असी डिजिटल पत्रकारलाई तालिम

14
Shares

काठमाडौं ।

नेपाल प्रेस इन्ष्टिच्यूटले डिजिटल पत्रकारिता तालिम शुरु गरेको छ।

प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले डिजिटल पत्रकारिता गर्दै आएका र यस विधामा पत्रकारिता गर्ने रुचि भएका असी सञ्चारकर्मीलाई आज (सोमबार)देखि एक साता लामो पत्रकारिता तालिम शुरु गरिएको  हो ।

एक सय ५० भन्दा बढी निवेदन प्राप्त भएको यस तालिममा अनलाइन न्यूज पोर्टल र यूट्युव सञ्चालन, मोबाइल जर्नलिजम (मोजो) पत्रकारिता, डिजिटल मिडियाका लागि समाचार लेखन सीप र आचारसंहिताका विषयमा प्रशिक्षण दिइने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बस्नेतले ‘नेपालमा मात्र नभई विश्वमा मूलधारका सञ्चारकर्मीहरुलाई डिजिटल पत्रकारिताको ज्ञान नभए उनीहरु प्रतिस्पर्धामा आउन नै नसक्ने अवस्था आएको’ उल्लेख गर्दै मुलुकका पत्रकारको आवश्यकतालाई सम्बोधन गर्न काउन्सिल सदा तत्पर रहेको बताउनुभयो ।

दूर शिक्षा प्रणालीका माध्यमबाट सञ्चालन गरिएको प्रशिक्षण बिहान ७ बजेदेखि ११ बजेसम्म चलेको थियो । पहिलो दिनको प्रशिक्षण वरिष्ठ न्यू मिडिया विज्ञ करुण थापाले दिनुभएको थियो ।

उक्त तालिम आगामी शुक्रबारसम्म सञ्चालन हुनेछ।