बाजुराबाट नारी टेलिभिजनको प्रसारण आरम्भ

0
Shares

नारी टेलिभिजन एचडीले नेपालकै पहिलो महिला टेलिभिजन च्यानलको रुपमा हालै प्रसारण आरम्भ गरेको छ।

फिल्म र मनोरञ्जनको पहिलो टेलिभिजन च्यानल टिभी फिल्मीलाई नेपालकै पहिलो महिला टेलिभिजन च्यानलका रुपमा रुपान्तरण गर्दै नारी टेलिभिजन एचडीको प्रसारण शुरु गरिएको हो। बाजुराको बूढीगंगा नगरपालिका, वडा नम्बर १० मा बृहत् कार्यक्रम आयोजना गरी टेलिभिजन च्यानललाई औपचारिक रुपमा प्रसारणमा ल्याइएको हो। करिब एक लाख ३४ हजार नौ सय जनसंख्या रहेको सुदूरपश्चिमको बाजुरामा आयोजित समारोहमा १५ जना एचआईभी पीडित महिलालाई खाद्यानसंगै तीन महिनाका लागि पोटिझन डाइट औषधिसंगै एक सय जना एकल महिलालाई दैनिक उपभोग्य खाद्यान सामाग्री उपलब्ध गराइएको छ।

नारीहरुको नसुनिएका, उत्पीडनको व्यथा, समाजमा भूमिका र महङ्कव तथा समाज परिवर्तनमा नारीको अग्रसरताजस्ता विषयलाई नारी टिभीले प्रस्तुत गर्ने टेलिभिजनकी अध्यक्ष तथा चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेलले जानकारी गराइन्। विशेषतः महिलाका हकहित, अधिकारका निमित्त नारी टीभी सदैव क्रियाशील रहने अध्यक्ष पौडेलले बताइन्। उनले टीभी फिल्मीले प्राप्त गरेको दर्शकको मायालाई आत्मसात् गर्दै नारी टेलिभिजनमा यसका विषय वस्तु मात्र नभई कार्यरतहरु सम्पूर्ण महिला नै भएको जानकारी गराइन्।

समारोहमा राष्टिझय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउप तथा गृहमन्त्री रवि लामिछानेले टेलिभिजनको भिडमा नारी टीभीले फरक उद्देश्य र महङ्कव राख्ने बताए। ञयो टेलिभिजनको सञ्चालक मेरी श्रीमती हुनुन्छ । उहाँ विदेशमा मिडियासम्बन्धी अध्यन गरी १४ वर्ष अघिदेखि नेपाली फिल्म क्षेत्रको श्रीवृद्धिमा समप्रित टेलिभिजन च्यानल टिभी फिल्म सञ्चालन गरी रहनुभएको थियो। अब महिलाको आवाज बोल्नु पर्छ , समाज रुपान्तरणमा महिला सहभागिता अपरिहार्य देखिएको भन्दै नारी टेलिभिजन सञ्चालनमा ल्याउनु भएको छ। यो टेलिभिजन च्यानल समस्त नारीको आवाज बन्न सकोस् शुभकामना लामिछानेले भने।