नाबालिग बलात्कार आरोपमा बुटवलबाट एक जना पक्राउ

0
Shares

तिलोत्तमा ।

बुटवलमा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । ११ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियार पक्राउ परेका हुन् ।

परियारले शनिबार राति बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।