मिठाई पसललाई  एक लाख भन्दा बढी जरिवाना 

0
Shares

काठमाडौँ। 

काठमाडौँ महानगरपालिकाले लाजिम्पाटमा रहेको आकाश फुड्सलाई  एक लाख भन्दा बढी जरिवाना तिराएको छ। काठमाडौँ महानगरपालिका वडा नं -२ लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेको र ढुसी परेको मिठाई  तथा किरा परेको अन्य खाद्य सामाग्री बिक्रीवितरण गरेको पाइएपछि निजलाई  एक लाख पचास हजार (१५००००) जरिवाना गरिएको कामपाको निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयो ।