दुई लाख भन्दा बढीको स्टेशनरी सामान बरामद

0
Shares

काठमाडौँ।

प्रहरीले दुई लाख भन्दा बढीको स्टेशनरी सामान बरामद गरेको छ । शुक्रबार राती जिल्ला प्रहरी कार्यालय बर्दियायबाट खटिएको प्रहरी टोलीले गस्ती एवं चेकजाँच गर्दा गुलरिया नगरपालिकाको मथुरा र गणेशपुर तथा बढैयाताल गाउँपालिकाको शितलाबजारबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको .२,४१,३७०/- बराबरको स्टेशनरी तथा किराना सामानका साथै सो कार्य गर्न प्रयोगमा ल्याईएका ६ थान साईकल बरामद गरेको हो।

उक्त बरामत सामान आवश्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको छ।