पूर्वसांसद र वडाध्यक्षद्वारा कार्यालय प्रमुखमाथि हातपात, दुवैजना प्रहरीको नियन्त्रणमा

0
Shares

मुगु ।

जिल्लाको पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापा कार्यालयमै कुटिएका छन् ।  नेकपा एमालेका नेता कर्णाली प्रदेशसभाका तत्कालीन प्रदेश सभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका-६ का वडा अध्यक्ष खेम बहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर बुढथापामाथि शनिबार हातपात गरेका हुन ।

चालु आर्थिक वर्ष २०७९/८० को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुँदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेटअनुसारको काम नभएको र रकम भुक्तानी पूरा दिन दबाब दिँदा आफूले अस्वीकार गरेपछि कार्यालयभित्र हातपात गरेको र कार्यालय तोडफोेड गरेको प्रमुख बुढथापाको भनाई छ ।

४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ । त्यसैअनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको उनले बताए ।  मुगुमा काम गर्न असहज भएको बुढाले बताए । प्राविधिकहरुलाई पनि ज्यानमार्ने धम्कीले कर्मचारी त्रासमा छन्।

यसैबीच हातपातपछि पूर्वसासंद परियार र वडा अध्यक्ष रावललाई प्रहरीले शनिबार नै  नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।