मधेस खेती गर्ने ठाउँ घट्यो

0
Shares

काठमाडौं । चालू आर्थिक वर्षमा मधेस प्रदेशमा प्रमुख कृषि बालीअन्तर्गत खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसलाले ढाकेको भू–क्षेत्रफल ३ दशमलव ९३ प्रतिशतले ह्रास आई ८ लाख ३ हजार ७ सय ९४ हेक्टर पुगेको छ । नेपाल राष्ट्र बैंकको अर्ध–वार्षिक समिक्षामा उक्त तथ्यांक देखाइएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा उक्त भू–क्षेत्रफलमा ०.१ प्रतिशतले वृद्धि भएर ८ लाख ३६ हजार ६ सय ४५ हेक्टर रहेको थियो । खाद्य तथा अन्य बाली समिक्षा अवधिमा समग्र खाद्य तथा अन्य बालीअन्तर्गत धान, मकै, गहुँ, जौ, कोदो, फापर, आलु, उखु, भटमास, सुर्ती, सनपाट, दलहन, तेलहन आदि बालीले ढाकेको भू–भागमा ३.९३ प्रतिशतले ह्रास भई ८ लाख ३ हजार ७ सय ९४ हेक्टर पुगेको छ । सो अवधिमा धानले ढाकेको क्षेत्रफलमा १.५९ प्रतिशत ह्रास भई ३ लाख ७५ हजार ३ सय ४० हेक्टर, आलुले ढाकेको क्षेत्रफलमा ४७.४५ प्रतिशत ह्रास आई २७ हजार ३ सय ३३ हेक्टर, सुर्तीले ढाकेको क्षेत्रफलमा २३.७५ प्रतिशत ह्रास भई ३०५ हेक्टर पुगेको छ ।

त्यस्तै मकैले ढाकेको क्षेत्रफलमा ३६.७१ प्रतिशतले वृद्धि, उखु खेतीले ढाकेको क्षेत्रफलमा ३९.४९ प्रतिशतलेह्रास आएको छ । साथैदलहन २५.७ प्रतिशत वृद्धि तथा तेलहनले ढाकेको क्षेत्रफलमा क्रमशः १.७४ प्रतिशतले ह्रास आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा समग्र खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्रफलमा ०.१० प्रतिशतले वृद्धि आएको थियो । समीक्षा अवधिमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, पर्षा, र रौतहट जिल्लामा धान बालीले ढाकेको भू–क्षेत्रमा क्रमशः ०.८२ प्रतिशत, ०.०२ प्रतिशत, ०.१४ प्रतिशत, १३.४४ प्रतिशत, २.२१ प्रतिशत, ०.१८ प्रतिशत, र १.२७ प्रतिशतले ह्रास आएको छ भने बारामा ०.८४ प्रतिशतले बृद्धि आएको छ ।

समीक्षा अवधिमा तरकारी तथा बागवानीले ढाकेको भू–क्षेत्रमा ५.७२ प्रतिशतले ह्रास भई ५५ हजार ९ सय १२ हेक्टरमा सिमित भएकोछ । गत आर्थिक वर्षको सोही अवधिमा तरकारी तथा बागवानीले ढाकेको भू– क्षेत्रमा १.०२ प्रतिशतले वृद्धि भई ५९ हजार ३ सय ५ हेकटर पुगेको थियो । समीक्षा अवधिमा तरकारी तथा बागवानीले ढाकेको भू–क्षेत्रको ह्रास आउनुमा बेमौसमी बर्षाको प्रभावले क्षति हुनु हो ।

तरकारी तथा बागवानीले ढाकेको भू–क्षेत्रफलमा महोत्तरी जिल्लामा सबभन्दा बढी १५ हजार हेक्टर अर्थात् कुल मधेश प्रदेशको २६.८२ प्रतिशत र रौतहट जिल्लामा सबभन्दा कम ८ सय हेक्टर अर्थात् कुल मधेश प्रदेशको १.४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा फलफूल तथा मसला बालीले ढाकेको भू–क्षेत्रफलमा ९.१३ प्रतिशतले ह्रास आई ५० हजार २ सय २३ हेक्टर पुगेको छ । फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल मध्ये आँपले ढाकेको क्षेत्रफलमा ३.१४ प्रतिशत ह्रास आएको देखिन्छ भने केराखेतीले ढाकेको क्षेत्रफलमा १६.१९ प्रतिशत र अन्य फलफूलले ढाकेको क्षेत्रफलमा ४०.९२ प्रतिशतले उल्लेखनीय वृद्धि भएको देखिन्छ भने मसला ( अदुवा, बेसार आदि) ले ढाकेको क्षेत्रफलमा १.२३ प्रतिशतले वृद्धि आएको देखिन्छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बालीले ढाकेकोभू–क्षेत्रफलमा १.४१ प्रतिशतले वृद्धि भई ५५ हजार २ सय ७३ हेक्टर पुगेको थियो । ३.२ कृषि उत्पादन समीक्षा अवधिमा प्रदेशको समग्र कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कुल उत्पादनमा ६.५९ प्रतिशतले बृद्धि आई ४५ लाख ३३ हजार ६ सय ७९ मे.टन पुगेको देखिन्छ । खाद्य बालीअन्तर्गत कुल खेती गरिएको क्षेत्रफलमा ह्रास भएतापनि तरकारी तथा बागवानीको उत्पादनमा किसानहरुको आकर्षण बढ्दै गएको । पर्सा जिल्लामा श्रीराम सुगर मिल्स बन्द हुन गएकोले गत बर्षमा घटेको उखुको उत्पादन समीक्षा अवधिमा नगदे बालीको रुपमा उखु खेतीमा किसानहरुको आकर्षण बढदै गएको । वर्षात् तथा अनुकुल मौसम कारण खाद्य तथा अन्य बालीहरूको उत्पादनमा बृद्धि भएको ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बालीको कुल उत्पादनमा ४.१७ प्रतिशतले वृद्धि भएको थियो । ३.२.१ खाद्य तथा अन्य बाली समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा सबैभन्दा बढी महोत्तरीको हिस्सा १६.७३ प्रतिशत र सबैभन्दा कम सप्तरीको हिस्सा ८.३७ प्रतिशत रहेको छ । त्यसतै तरकारी तथा बागवानी सबै भन्दा बढि सर्लाही जिल्लाको हिस्सा २३.५७ प्रतिशत र सबैभन्दा कम पर्सा जिल्लाकोहिस्सा ४.१३ प्रतिशत रहेको छ । फलफूल तथा मसाला सबैभन्दा बढी सप्तरीको हिस्सा ५६.५३ प्रतिशत र बारा जिल्लामा उत्पादन बिहिन रहेको छ ।

आलुको उत्पादन ११.८४ प्रतिशतले ह्रास भएको छ भने धानको उत्पादन १.६८ प्रतिशत, उखुको उत्पादन १८.८८ प्रतिशतले वृद्धि आएको छ । हिउँदे बर्षा नभएकोर आंशिक रुपमा मात्र तथ्याङ्क प्राप्त भएकोकारणले दलहन र आलुबालीको उत्पादनमा ह्रास आएको हो भने उखुनगदे बाली भएकोले किसान उखु खेतितर्फ अर्कषण बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा धानको उत्पादनमा १.१२ प्रतिशत वृद्धि तथा उखुको उत्पादनमा १२.२६ प्रतिशतले ह्रास आएको भए पनि दलहन, तथा तेलहन उत्पादनमा क्रमशः ३ प्रतिशत, र १७ प्रतिशतले वृद्धि भएको थियो ।