यस्तो छ आज आइतबारको राशिफल

0
Shares

मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन स्वास्थ्य प्रति सजग रहनु पर्छ, तर सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

वृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धर्म, ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इस्टमित्रहरूसँग भेटघाट हुनेछ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कसैकसैका लागि सन्तान सुखको योग पनि छ ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।