सूर्यविनाक नगरपालिका-६ का पाँंच दर्जन बढी वडावासी रास्वपा प्रवेश

0
Shares

भक्तपुर ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-६ वडाका पाँंच दर्जन भन्दा बढी वडाबासी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

 राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगरपालिका ६ वडाले शनिबार गरेको वडास्तरीय भेटघाट तथा परिचयात्मक कार्यक्रममा वडाबासीहरु पार्टी प्रवेश गरेका हुन्।

 उनीहरूलाई पार्टीका संसदीय दलका सचेतक संघीय सांसद सन्तोष परियारले टक्मा लगाई दिनुका साथै एउटाएउटा कलम उपहार दिई पार्टी प्रवेश गराएका छन् ।

 राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगरपालिका वडा नं ६ वडा पहिला नै केशव लुइँंटेलको अध्यक्षतामा गठन भएको थियो । त्यही समितिले शनिबार वडास्तरीय भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको थियो । यही कार्यक्रममा सहभागी भई उनीहरुले पार्टी प्रवेश गरेका हुन् । वडा नं ६ मा सूर्यविनायक पाण्डुबजार र कटुञ्जे टोलहरु पर्दछन् ।

 कार्यक्रममा पार्टी संसदीय दलका प्रमुख सचेतक परियार, जिल्ला अध्यक्ष रामेश्वर वस्नेत, भक्तपुरको क्षेत्र नं २ का सघीय सांसदका उम्मेदबार साजन विक, पार्टी सूर्यविनायक नगर समितिका अध्यक्ष मनोज केसी, पार्टी वडा अध्यक्ष केशव लुइँंटेललगायतले देशको परिवर्तनका लागि नयाँं पार्टीको जरुरत रहेको बताए ।