पत्रकार उत्पादन अभियानमा गाउँपालिका

0
Shares

खोटाङ।

खोटाङस्थित साकेला गाउँपालिकाले पत्रकार उत्पादन अभियान चलाएको छ । ग्रामीण स्तरमा सूचना र सञ्चारको पहुँच विस्तार गर्ने उदेश्यका साथ स्थानीय नागरिकहरुलाई समेटेर पाँच दिने आधारभूत विकास पत्रकारिता तालिम चलाएको हो ।

तालिममा गाउँपालिकाका पाँच वटै वडाबाट तीन/तीन जना स्थानीय नागरिकहरु सहभागी छन् । गाउँपालिकाभित्र भएका विकासका गतिविधिहरुलाई अन्य नागरिक समक्ष सुसुचित गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिममा समाचारको विषयवस्तु छनौट, संकलन, लेखन, फिचर लेखन, अन्तरवार्ता तयारी, रेडियो, पत्रपत्रिका तथा अनलाईन रिपोर्टिङको विषयमा प्रस्तुती भईरहेको छ यही असार–२२ गते शुक्रबारसम्म जारी रहने तालिमको सहजीकरण टेम्के खबर डटकमका अध्यक्ष उजुर राई र किरात–कोशी डटकमका अध्यक्ष भीम राईले गरिरहनुभएको छ ।

गाउँपालिकाले यसअघि पनि पत्रकारिता तालिम सञ्चालन गर्दै आएको थियो ।