सिन्धुलीमा माइक्रो दुर्घटना : तीन जना घाइते, एकको अवस्था गम्भीर

0
Shares

सिन्धुली ।

सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धनुषाबाट काठमाडौंका लागि हिँडेको ना१ज ८८८७ नम्बरको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खोज चोकमा मंगलबार दिउँसो दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा गणेशनाथ चारनाथ नगरपालिका-५ धनुषाका ३८ वर्षीया सितादेवी साफी, सोही ठाउँका ३५ वर्षीय हरिदेव साफी र २१ वर्षीय शिव कुमार साफी घाइते भएको प्रहरीले जनाएको छ ।

 घाइतेमध्ये सितादेवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । घाइतेको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ ।

 माइक्रोमा १२ जना सवार रहेकोमा अन्यको अवस्था सामान्य रहेको छ ।