झाडापखालाबाट ६ वर्षीय बालकको मृत्यु  

0
Shares

लमजुङ। 

लमजुङमा झाडापखलाका कारण एक बालको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका २ घनपोखरा भाचे भदौरेका वर्ष ६ का सन्दीप विकको झाडापखालाबाट मृत्यु भएको हो ।

बालकलाई सोमबारदेखि झाडापखला लागेको आमा सिमा विकले जानकारी दिनुभयो । बिरामी बालकलाई मंगलबार बिहान उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको आमा सिमाले बताउनु भयो ।

बाबु हिजोदेखि झाडापखलाले बिरामी थियो । घरमा जीवनजल थिएन, खुवाउन पाइएन, सिमाले भनिन, बिहान उपचार गर्न ल्याउँदा ल्याउँदै काखैमा बित्यो ।