राजधानीमा क्यानाडा दिवस मनाइयो



काठमाडौँ। 

नेपाल–क्यानाडा मैत्री तथा सांस्कृतिक संघले शनिवार राजधानीमा क्यानाडा दिवस मनाएको छ । कार्यक्रममा क्यानाडाका नेपाली आप्रवासी र शरणार्थीहरू र उनीहरुले सामना गर्नुपरिरहेको चुनौतीको विषयमा छलफल गरिएको थियो ।

क्यानाडाको युनिभर्सिटी अफ फ्रेसर भ्यालसंगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विश्वविख्यात पर्वतारोही एवं मोडल आङ तेम्बाले पृथ्वी नै मानवको घर भएको जिकिर गर्दै मानवलाई शरणार्थी बनाउनु दु:खद भएको बताउनुभयो । उहाँले मानव र पशुपन्छी मिलेर प्रकृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो– हाम्रो आधारभूत पहिचान स्थायी बसोबासको रक्षा हुनुपर्छ।

कार्यक्रममा क्यानडाबाट आउनुभएका डा रिता ढुंगेलले बहुसांस्कृतिकताको विषयमा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा सीमाबिद बुद्धिनारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै मित्र राष्ट्र क्यानाडासंगको सम्बन्धलाई सुमधुर बनाउन संघ क्रियाशील रहेको बताउनुभयो

प्रतिक्रिया दिनुहोस्