उप–महानगरको फोहोर बोक्ने गाडीमा जिपीएस

0
Shares

धनगढी। 

धनगढी उपमहानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ। यो प्रणाली जडान भएसँगै अब नगरका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन्।

उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्रयाक्टरमा जीपीएस जडान गरिएको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताउनुभयो। उहाँका अनुसार उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको हो। फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ‘समाजका लागि युवा’ संस्थासँगको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो।

फोहोर बोक्ने गाडी रहेको क्षेत्र पत्ता लगाउन जिपीएस जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ।

यस्तै धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाई शाखा प्रमुख अशोक अवस्थीले पनि से २ च ३७१० र से १ त ७३९४ नम्बरका ट्याक्टरमा जिपीएस जडान गरिएको बताउनुभयो। पहिला उपमहानगरपालिकाले मात्र गाडी रहेको क्षेत्र हेर्न सक्ने भए पनि अहिले नागरिकले समेत हेर्न पाउने अवस्थीले बताउनुभयो।

एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्ने व्यवस्था समेत मिलाइएको छ। साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ। प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा उक्त प्रविधि जडान गरिने  छ। सो एपमार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्नेछन्। साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ।