तस्वीरमा कामनाको राष्ट्रिय भेला

0
Shares

नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्युज पब्लिकेसन्सले पत्रकार तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि शुक्रबार र शनिबार काभ्रेको धुलिखेलमा राष्ट्रिय भेला आयोजना गरेको छ।

धुलिखेलको हिमालय दृश्य रिसोर्टमा आयोजित दुई दिने भेलामा देशका सातै प्रदेशका पत्रकार तथा कर्मचारीको सहभागिता रहेको थियो। भेलामा कामना पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठले कम्पनीको उद्देश्य, दृष्टि र लक्ष्यबारे प्रकाश पार्नुभएको थियो।

त्यसैगरी, वरिष्ठ पत्रकार तथा पत्रकारिता विषयका प्राध्यापक रामकृष्ण रेग्मीले विकास पत्रकारिता तथा क्यानडाको ओटवा युनिभर्सिटीका प्mयाकल्टी डिपार्टमेन्ट अफ कम्युनिकेसनका अध्यापक डा. भानुभक्त आचार्यले न्यु मिडियाको अवसर र चुनौतीबारे प्रशिक्षण दिनुभएको थियो। भेलाका झलक तस्वीरमा

-तस्वीरहरू : अनिल आङदेम्बे र रंगराज आचार्य