अस्पतालको पानी ट्याङ्कीमा बालकको शव भेटियो



डोटी।

डोटीमा निर्माणाधीन अस्पतालको पानी ट्याङ्कीमा बालकको शव भेटिएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैराका ८ वर्षीय बालक दिपेश मलासीको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार निर्माणाधीन प्रादेशिक सरुवा अस्पतालको रिजर्व ट्याङ्कीमा बालकको शव भेटिएको हो ।

शुक्रबार गाई गोरु चराउन गएका मलासी अबेरसम्म घर नफर्किएपछि उनको खोजीकार्य थालिएको थियो । खोजी गर्ने क्रममा बालकको शव अस्पतालको रिजर्व ट्याङ्कीमा भेटिएको थियो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्