अमिसाको नाचुँ नाचुँ



बाल गायिका अमिसा बजगाईंको स्वरमा नाचुँ नाचुँ लाग्छ बोलको गीत सार्वजनिक भएको छ।

संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको, एरेञ्ज र भिडियो निर्देशन छ। केशव विश्वकर्माको छायांकन र राजेश कुँवरको सम्पादन रहेको भिडियो त्रिमूर्ति इन्टरटेनमेन्ट युट्युबमार्फत् सार्वजनिक गरिएको हो।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै राजेन्द्रले छोटो समयमा राम्रो काम भएको जनाए। उनका अनुसार ६ दिनमा अडियो भिडियो तयार भएको हो। चरण बजगाई र शीतल बजगाईंको प्रस्तुति रहेको यो भिडियो नेपाल घुम्न आउदा बनाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्