एटीएम तोडफोड गर्ने दुईजना पक्राउ



काठमाडौं ।

काठमाडौं महानगरपालिका-१५ डल्लु सिद्धार्थ चोक नजिकै रहेको माछापुच्छे बैंकको एटीएम तोडफोड गरेको अभियोगमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने दैलेख घर भएका २३ वर्षीय पारस ठकुरी र दोलखा मेलुङ गाउँपालिका-५ घर भएका १९ वर्षीय चन्द्र तामाङ रहेका छन् ।

 एटीएम तोफोड गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्