खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या



काठमाडौं।

सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ ।

साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको घाँटी रेटी हत्या भएको छ । ८ महिनादेखि कार्यरत सोही नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो ।

सोमबार बिहान संस्थाका सचिव डिकाराम पोखरेल कार्यालय पुग्दा रायलाई रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । रातिको समय ड्युटीमा रहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्