६ सय १३ किलोग्राम गाँजासहित भारतीय नागरिक पक्राउ

0
Shares

धादिङ। 

पृथ्वीराजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारबाट ठुलो परिमाणमा अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँबाट भारततर्फ जाँदै गरेको एचआर ३ यु ३४३१ नं को डिब्बा कन्टेनर भएको ट्रकलाई प्रहरीले जाँच गर्दा ६ सय १३ किलोग्राम ७ सय १० ग्राम लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

भारतको विहार मोतिहारी जिल्ला नगदाहग्राम निवासी २७ वर्षीय राजीव तिवारी भन्ने राहल तिवारीलाई पक्राउ गरिएको आइतबार पत्रकारसम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ ।

भारतीय ट्रक प्रयोग गरी भारततिर लान लागेको भन्ने सूचना पाएको प्रहरीले सो ट्रक जाँच गरेको थियो । कन्टेनरको चालक बस्ने भन्दा माथि फल्स बटम बनाई लुकाएको अवस्थामा फेला परेको सूचना अधिकारी जैसवारले बताउनुभयो ।

 पक्राउ परेका तिवारीलाई सोधपुछ गर्दा उक्त गाँजा भारतको मोतिहारी लैजान लागेको बताएका र यस कार्यमा संलग्न अन्य अभियुक्तहरूको खोजतलाससँगै अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसैगरी गजुरी गाउँपालिका वडा नं ६ आदमघाटबाट २ किलो ५०० ग्राम गाँजासहित गल्छी गाउँपालिका वडा नं ४ निवासी  २५ वर्षीय शङ्कर मिजारलाई पक्राउ गरेको छ ।

आदमघाटमा शङ्कास्पद रुपमा बोरा बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त गाँजा फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ।