रामकृष्णले ल्याए कलकलाउँदो जोवन



लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत कलकलाउँदो जोवन सार्वजनिक भएको छ।

दीपक शर्माको संगीत रहेको गीतमा लोक बहादुर सुनारको शब्द रचना रहेको छ। मायाप्रेमको भावमा तयार पारिएको गीतमाथि सुहाउँदो आकर्षक भिडियो निर्माण गरिएको छ।

भिडियोमा रामकृष्ण आफैंले मोडलिध्र गरेका छन् भने उनलाई सीमा पन्थीले अभिनयमा साथ दिएकी छन्। भिडियोमा साधना कला केन्द्रका कलाकारहरु रिज्वान थापा, गणेश श्रेष्ठ, विमला थामी, सञ्जु सापकोटा, अनिशा ढकाल तथा अञ्जली बिकेले पनि अभिनयमा साथ दिएका छन्। भिडियो अनिस के क्षेत्रीले निर्देशन गरेका छन् भने छायांकन तथा सम्पादन अनिश के घिसिङले गरेका हुन्।

भिडियो रामकृष्ण ढकाल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। गायक ढकाल भने हाल सांगीतिक प्रस्तुतिका लागि अमेरिकामा छन्।

 

प्रतिक्रिया दिनुहोस्