हरिहरपुरगढी गाउँपालिकाको बजेट ५२ करोड 

0
Shares

सिन्धुली। 

 सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शनिवार हरिहरपुरगढी गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष बज्रध्वज बाईँवाले आर्थिक वर्ष २०८०।०८१ को लागि नीति तथा कार्यक्रम र गाउँपालिकाका प्रवक्ता एवं ४ नम्बर वडा अध्यक्ष कमल बहादुर राईले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो ।

गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष बाईँवाले गाउँपालिकाको आन्तरिक स्रोतलाई फराकिलो बनाउने, गाउँपालिकाको दिगो विकासमा जोड् दिने, सेवा सुविधा प्रवाहलाई चुस्तदुरुस्त बनाउँदै जनअपेक्षा अनुसार कार्य संचालन गरी समृद्धि हरिहरपुरगढी निर्माणमा प्राथमिकता दिइने बताउनुभयो ।

अधिवेशनमा गाउँपालिकाका प्रवक्ता एवं ४ नम्बर वडा अध्यक्ष कमल बहादुर राईले आर्थिक वर्ष २०८०।०८१ को लागि कुल ५२ करोड ९४ लाख ७१ हजार ५ सय ७ रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल विनियोजित बजेट मध्ये चालु तर्फ ६० दशमलब ९४ प्रतिशत र पुँजीगत तर्फ ३९ दशमलब ०६ प्रतिशत रहेको प्रवक्ता राईले बताउनुभयो । गाउँसभाको अवसरमा गाउँपालिकाले उत्कृष्ट कृषक, शिक्षक, कर्मचारीलाई नगद सहित सम्मान समेत गरेको छ ।