काठमाडौं।
नेपाल उद्योग परिसंघको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका अग्रवाल परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन हुनुभएको हो ।
आरएमसी गु्रपका कार्यकारी निर्देशकसमेत रहनुभएका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध हुनुहुन्छ । शनिबार राजधानीमा सम्पन्न वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा मिलनबाबु मल्ल, सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजित विक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), धु्रवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, वीरेन्द्रराज पाण्डे निर्वाचित हुनुभएको छ ।
यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दिप शारदा, मोहित केडिया, अमित मोर, अमित कुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुल कुमार अग्रवाल, शरद कुमार टिवडेवाला, विक्रम सिंघानीया, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, आदित्य संघाई निर्वाचित हुनुभयो ।
निर्वाचित राष्ट्रिय परिषद सदस्यहरुबाट सर्वसम्मत रुपमा ७ जना उपाध्यक्ष चयन हुनुभएको छ । परिसंघको उपाध्यक्षमा निर्वाण चौधरी, वरिेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन हुनुभएको छ । अमित मोर र भीम घिमिरे पहिलोपटक परिसंघको उपाध्यक्ष बन्नुभएको हो । यसैगरी परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित हुनुभएको छ । साधारण सभामा विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरिएको थियो ।











प्रतिक्रिया