तनहुँमा बस र कार ठोक्किँदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर

0
Shares

तनहुँ।

जिल्लाको भानु नगरपालिका-९ वडहरेमा शनिबार दिउँसो कार र बस ठोक्किँदा पाँच जना घाइते भएका छन् । बेंसीसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३-१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ग१ ख४३७५ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

दुर्घटनामा कार चालक ललितमान रुम्बासहित त्यसमा सवार ५ जना घाइते भएका छन् । घाइतेको एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।