कामपाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

0
Shares

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले एक वर्षमा ५ हजार जनालाई रोजगारी दिनेगरी नीति तथा योजना सार्बजनिक गरेको छ । हिजो बुधबार आर्थिक वर्ष २०८०-०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्बजनिक गर्नुभएको हो ।

वार्षिक नीति तथा कार्यक्रममा३२ वटै वडामा सामुदायीक अस्पतालसंगको सहकार्यमा सुलभ फार्मेसी वार्षिक एकलाख वृक्षरोपण गर्ने लगायतका महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुभएको छ ।

महानगरले सांस्कृतिक सहर, समृद्ध महानगरको दिर्घकालीन सोच रहेको छ । मेयर साहले सफा,सुन्दर, धुलोरहित एवं व्यवस्थित सडक र पेटी, सफा नदिनाला, डुवान रहित, प्रविधिमैत्री, हराभरा, पर्यावरण तथा पर्यटनमैत्री काठमाडौं निर्माण गर्ने नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभएको छ ।

१९ पेज लामो नीति तथा कार्यक्रममा महानगरलाई अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर वनाउन कम्तिमा एक पालिकामा एग्रोपुलिङ सुरूवात गर्ने, स्थानीय स्तरमा उत्पादित स्थानीय पेय पदार्थ तथा परम्परागत बस्तुहरूको ब्राण्डिङ गरी निर्यात गर्ने, काठमाडौँलाई सांस्कृतिक तथा पर्यटनमैत्री सहर बनाइ पर्यटकको संख्यामा उल्लेख्य वृद्धिगर्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

यस्तो छ नीति तथा कार्यक्रम